भाइटीकाको साइत १०:५१ बजे

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २१, २०८०

काठमाडौं । यस वर्ष तिहारको भाइटीकाको शुभ साइत आगामी कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिले विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो ।

तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितिया तिथिमा भाइटीका मनाइन्छ । भाइटीकाको आफ्नै विधि विधान छन् । चेलीले माइतीलाई विधिपूर्वक पूजा गरेर सयपत्री र गोदावरीको माला लगाइदिन्छन् । मिठो मसिनो खुवाउँछन् । दाजुभाइले चेलीलाई दक्षिणा दिन्छन् । खासमा, चेली माइतीबीचको सम्बन्ध सुमधुर राख्ने मेलो हो यो ।

धार्मिक महत्व
परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित पाइन्छ। दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुखसमृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ।

भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनालाई भेट्न आएक थिए। यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा। त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाईन्। त्यो बेलामा यमपञ्चक परेको थियो। यमपञ्चकभर यमुना कहाँ बसे। भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन्। त्यहीबेलादेखि तिहार मनाउन थालिएको हो ।