धादिङ । सातौं साउथ एसियन कराँते च्याम्पेन्सिप २०२३ का लागि भएको बागमती प्रदेश स्तरीय प्रतियोगितामा स्वर्ण पदक जिते सँगै धादिङका सन्देश घले र निशान मल्ल राष्ट्रिय छनोट खेल्ने भएका छन् ।
नेपाल कराँते एकेडेमी सात दोबाटोमा भएको प्रदेश छनोट खेलमा धादिङका सन्देश घलेले ६० केज तौल तर्फ र निशान मल्लले ६७ केजी तौल तर्फ स्वर्ण पदक जित्दै राष्ट्रिय छनौट प्रतियोगिता खेल्ने पक्का गरेका हुन् ।
जिल्ला खेलकुद विकास समिति धादिङका कराँते प्रशिक्षक भिमबहादुर गुरुङका अनुसार प्रदेश छनोटमा धादिङबाट ५ जना खेलाडी सहभागि भएका थिए । जसमध्य दुई जनाले स्वर्ण ल्याउँदा अन्य ३ जना कृष्ण अधिकारी ६७ केजी यू १७ तर्फ, सुदिप श्रेष्ठ ७६ केजी यू २१ तर्फ र सरोज तामाङ ७५ केजी यू २१ तर्फ दोस्रो भएका थिए ।