धुनीबेसी नौ रनले विजयी (खेल स्कोर समेत)

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक १८, २०८०

धादिङ । धादिङ प्रिमियर लिग (डीपीएल) हुने मिति नजिके सँगै खेलाडीहरुले तयारीलाई तिब्रता दिएको देखिन्छ । १ जना राष्ट्रिय, २ जना प्रदेशका खेलाडी प्रत्येक टिमले राख्न पाउने जिल्ला क्रिकेट संघ धादिङको निर्णय अनुसार मंसिर २ गतेबाट हुने पालिका स्तरीय डिपीएलको तयारी स्वरुप आज धुनीबेसी र गल्छीले मैत्रीपूर्ण टी-२० खेलेका छन् ।

उक्त मैत्रिपूर्ण प्रतियोगितामा टस जित्दै व्याटिङ गरेको धुनीबेसी नगरपालिकाले गल्छी गाउँपालिकालाई ९ रनले पाजित गरेको छ । धुनीबेसीको १२५ रनको लक्ष्य पछ्याएको गल्छी १०५ रन बनाउँदै अल आउट भएको थियो ।

खेल स्कोर