काठमाडौं । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुग्यो भने घाइते हुनेको संख्या १६५ पुगेको छ ।
नेपाल प्रहरीका अनुसार जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन् । घाइते जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ जना रहेका छन् । घाइतेमध्ये ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ । २२ जनालाई सुर्खेत रिफर गरिएको छ ।
यस्तै रुकुम पश्चिममा घाइतेमध्ये ३० जना डिस्चार्ज भएका छन् । ४० जना उपचाररत रहेका छन् । १५ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगन्ज रिफर गरिएको छ ।