तेस्रो कुपा कप फुटबलको फाईनल र दौड प्रतियोगिता भोली हुने

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ११, २०८०

धादिङ । नीलकण्ठ नगरपालिका १४ मा कुपा युवा समाजले गत वर्षमा जस्तै विजय दशमीको पावन अवसर कार्तिक ६ गते देखि आयोजना गरेको खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाईनल र फार्यनलका खेलहरु भोली कार्तिक १२ गते हुने भएको छ भने १० किलोमिटरको खुल्ला दौड प्रतियोगिता पनि भोली बिहान हुने जनाईएको छ ।

आज भएको क्वाटर फाईनलका खेलहरुबाट कन्यास्थान युवा क्लव, जन आवाज युवा क्लव, विद्यार्थी उपकार सघ पात्ले र म्हेन्दो फोले युवा क्लव सेमिफाईन प्रवेस गरेका छन् । भोली जन आवाज युवा क्लव माने vs कन्यास्थान युवा क्लव पुरानो पानी म्यागङ नुवाकोट, विद्यार्थी उपकार सघ पात्ले vs मेन्दो फोले युवा क्लब काउले बीचको खेमिफाईनल खेल हुनेछ र विजेताहरुले भोली नै फाईनल खेल्ने आयोजकले जनाएको छ ।

आज भएको क्वाटरफाईनल खेल अपडेट
१. कन्यास्थान युवा क्लब पुरानोपानी नुवाकोट र मेलमिलाप युवा क्लब घोर्मो डाब्जोङ नेत्रावति बिच भएको खेल मा 0 को बिरुद्ध ३ गोल गर्दै कन्यास्थान युवा क्लब सेमिफाइनल पुगेको छ ।
२. ताङ्चामाने युवा क्लब नेत्रावति डब्जोङ धादिङ र जन आवाज युवा क्लब माने धुवाकोट बिच भएको खेल मा गोल रहित हुदा पेनाल्टि मार्फत ०४ को बिरुद्ध ०५ गोल गर्दै जन आवाज युवा क्लब सेमि फाइनल प्रवेश गरेको छ ।
३. बिधार्थि उपकार सघ पात्ले धुवाकोट र सामरि युवा क्लब म्यागङ नुवाकोट बिचको खेल मा सामरि अनुपस्थित हुदा बिधार्थि उपकार सघ सेमि फाइनल प्रवेश गरेको छ ।
४. नागिनिथान युवा क्लब म्यागङ नुवाकोट र म्हेन्दोफोले युवा क्लब निलकन्ठ बिच भएको खेल मा म्हेन्दो फोले युवा क्लब ले ० को बिरुद्द ०७ गोल गर्दै सेमि फाइनल प्रवेश गरेको छ ।

आयोजक कुपा युवा समाजका अध्यक्ष हर्क बहादुर गुरुङका अनुसार फुटबल तर्फ प्रथम, द्वितियलाई क्रमस: ५० हजार ५०० र ३० हजार ५०० प्रदान गरिने छ भने उत्कृष्ट, खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्तालाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ भने दौडका तर्फ प्रथम पुरस्कार २० हजार र उप विजेतालाई १० हजार पुरस्कार दिईने छ ।

गत वर्षको कुपा कपमा पनि ४० टिमले नै भाग लिएका थिए । गत वर्ष सम्पन्न दोस्रो कुपा कप फुटबलको उपाधी थर्पु युवा क्लब नेत्रावती डवजोङले जितेको थियो भने दोस्रो खुल्ला कुपा १० किलो मिटर दौड मोहन देव जोशीले जितेका थिए । यस्तै पहिलो कुपा कप फुटबल प्रतियोगितामा ३६ टिम सहभागी थिए जस मध्य भङ्गेरी युवा क्लब धुवाकोट विजेता भएको थियो ।