
धादिङ । नीलकण्ठ नगरपालिका १४ धादिङमा कुपा युवा समाजले आयोजना गरेको तेस्रो कुपा कप अन्तरगतको फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ भने १० किलोमिटरको खुल्ला दौड कार्तिक ११ गते हुने छ ।
४० टिम सहभागी यस तेस्रो कुपा कप पुरुष अन्तरक्लव स्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तरगत आज पहिलो दिन ६ वटा खेल भएका छन् । प्रतियोगिताको उद्घाटन नीलकण्ठ १४ का वडा अध्यक्ष नवराज दुवाडीले गरेका थिए ।
आजको खेल अपडेट
पहिलो खेल
कुपा युबा समाज -१
S.B.A पात्ले (दिनरात)-५
दोस्रो खेल
जनआवज युवा क्लब (A)- 3
डाडाबसाह युबा क्लब – 1
तेस्रो खेल
साईकोले युबा क्लब -३
थर्पु युबा क्लब – १
चौंथो खेल
बागेश्वरी युबा क्लब -०
जनजागरण युबा क्लब (सिम्ले) -२
पाँचौं खेल
Gaisang युबा क्लब -०
देउराली F.C (Charange) -२
छैटौं खेल
Chhoiling युबा क्लब (सेल्ले) -०
नागिनीथान युबा कल्ब -१
भोली विजय दशमीको दिन प्राविधिक कारणले खेल नहुने र पर्सि कार्तिक ८ गते देखि नियमित खेल हुने जनाएको छ । आयोजक कुपा युवा समाजका अध्यक्ष हर्क बहादुर गुरुङका अनुसार फुटबल तर्फ प्रथम, द्वितियलाई क्रमस: ५० हजार ५०० र ३० हजार ५०० प्रदान गरिने छ भने उत्कृष्ट, खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्तालाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ भने दौडका तर्फ प्रथम पुरस्कार २० हजार र उप विजेतालाई १० हजार पुरस्कार दिईने छ ।
गत वर्षको कुपा कपमा पनि ४० टिमले नै भाग लिएका थिए । गत वर्ष सम्पन्न दोस्रो कुपा कप फुटबलको उपाधी थर्पु युवा क्लब नेत्रावती डवजोङले जितेको थियो भने दोस्रो खुल्ला कुपा १० किलो मिटर दौड मोहन देव जोशीले जितेका थिए । यस्तै पहिलो कुपा कप फुटबल प्रतियोगितामा ३६ टिम सहभागी थिए जस मध्य भङ्गेरी युवा क्लब धुवाकोट विजेता भएको थियो ।





























