
धादिङ । ४० टिमले सहभागिता जनाउने नीलकण्ठ नगरपालिका १४ मा कुपा युवा समाजद्वारा आयोजित कुपा कप खुल्ला नकआउट फुटबल प्रतियोगिता गत वर्षमा जस्तै यस वर्ष पनि विजय दशमीको पावन अवसर कार्तिक ६ गतेबाट हुँदै छ ।उद्घाटनको दिन बिहान ८ः३० बजेबाट दिनको ३ः३० बजे सम्म ७ खेलहरुहुने आयोजक कुपा युवा समाजले जनाएको छ । प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष नवराज दुवाडीले गर्ने कार्यक्रम रहेको छ । फाईनल तस्वीर
कार्तिक ६ गते हुने खेल तालिका
१. पहिलो खेल समय : ८:३० बजे
कुपा युवा समाज A (कुपा) Vs दिनरात युवा क्ल्ब (पात्ले)
२. दोस्रो खेल समय : ९:३० बजे
जनआवाज युवा क्लब A (माने) Vs डाडाबसाह युवा क्लब (डाडाबसाह)
३. तेस्रो खेल समय : ११:३० बजे
हिमचुली युवा क्लब A (धुवाकोट) Vs खरबारी युवा क्ल्ब (खरबारी)
४. चैथो खेल समय : १२:३० बजे
साईकोले युवा क्ल्ब (भागे) Vs थर्पु युवा क्ल्ब B (थर्पु)
५. पाचौ खेल समय : १:३० बजे
बागेश्वरी युवा क्ल्ब (छाप) Vs सिम्ले युवा क्ल्ब (सिम्ले)
६. छैटौ खेल समय : २:३० बजे
गैस्योङ युवा क्लब (टिखाडुङ) Vs चरङ्गे युवा क्ल्ब (चरङगे)
७• सातौ खेल समय : ३:३० बजे
नागनथान युवा क्लब B ( नागिनथान) Vs छोईलीङ युवा क्ल्ब (सेल्ले)
आयोजक कुपा युवा समाजका अध्यक्ष हर्क बहादुर गुरुङका अनुसार विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि फुटबलको समापनको दिन १० किलो मिटर दौड (मिनी म्याराथुन) प्रतियोगिता हुने छ । फुटबल तर्फ प्रथम, द्वितियलाई क्रमस: ५० हजार ५०० र ३० हजार ५०० प्रदान गरिने छ भने उत्कृष्ट, खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्तालाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ भने दौडका तर्फ प्रथम पुरस्कार २० हजार र उप विजेतालाई १० हजार पुरस्कार दिईने छ ।
गत वर्षको कुपा कपमा पनि ४० टिमले नै भाग लिएका थिए । गत वर्ष सम्पन्न दोस्रो कुपा कप फुटबलको उपाधी थर्पु युवा क्लब नेत्रावती डवजोङले जितेको थियो भने दोस्रो खुल्ला कुपा १० किलो मिटर दौड मोहन देव जोशीले जितेका थिए । यस्तै पहिलो कुपा कप फुटबल प्रतियोगितामा ३६ टिम सहभागी थिए जस मध्य भङ्गेरी युवा क्लब धुवाकोट विजेता भएको थियो ।





























