कुपा कप फुटबलको खेल तालिका सार्वजनिक ४० टिम सहभागी

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ४, २०८०

धादिङ । नीलकण्ठ नगरपालिका १४ मा कुपा युवा समाजले गत वर्षमा जस्तै विजय दशमीको पावन अवसर कार्तिक ६ गतेबाट हुने खुल्ला नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । तेस्रो कुपा नाम दिईएको यस प्रतियोगितामा ४० टिमले भाग लिने भएका छन् ।

गत वर्षको कुपा कपमा पनि ४० टिमले नै भाग लिएका थिए । गत वर्ष सम्पन्न दोस्रो कुपा कप फुटबलको उपाधी थर्पु युवा क्लब नेत्रावती डवजोङले जितेको थियो भने दोस्रो खुल्ला कुपा १० किलो मिटर दौड मोहन देव जोशीले जितेका थिए । यस्तै पहिलो कुपा कप फुटबल प्रतियोगितामा ३६ टिम सहभागी थिए जस मध्य भङ्गेरी युवा क्लब धुवाकोट विजेता भएको थियो ।

आयोजक कुपा युवा समाजका अध्यक्ष हर्क बहादुर गुरुङका अनुसार विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि फुटबलको समापनको दिन १० किलो मिटर दौड (मिनी म्याराथुन) प्रतियोगिता हुने छ । फुटबल तर्फ प्रथम, द्वितियलाई क्रमस: ५० हजार ५०० र ३० हजार ५०० प्रदान गरिने छ भने उत्कृष्ट, खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्तालाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ भने दौडका तर्फ प्रथम पुरस्कार २० हजार र उप विजेतालाई १० हजार पुरस्कार दिईने आयोजकले जनाएको छ ।

खेल तालिका बनाउँदा अफिसिएल पेजबाट लाईभ गरेको आयोजक कुपा युवा समाजले खेल तालिका बन्यो अब रेफ्री सँग बसेर समय मिलाउनु पर्ने भएकोले समय सहित कम्यूटर टाईप गरेको टाईसिट केहि समय पछि सार्वजनिक गर्ने जनाएको छ ।

आज सार्वजनिक फुटबलको खेल तालिका