सल्यानटारमा क्रिकेट जारी, सल्यानटार यूनाईटेड सेमिफाईनल प्रवेस (खेल अपडेट)

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक १, २०८०

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा असोज २९ गते देखि खुल्ला टी-२० क्रिकेट प्रतियोगितामा जारी छ । ९ टिम सहभागी यस प्रतियोगितामा आयोजक सल्यानटार क्रिकेट क्लवलाई पराजित गर्दै सल्यानटार यूनाईटेड सेमिफाईनल प्रवेस गरेको हो भने यो हार आयोजक सल्यानटार क्रिकेट क्लवलाई पेचिलो बन्दै सेमिफाईनल पुग्न अरु टिमको रनरेट कुर्नुपर्ने भएको छ ।

आजको पहिलो खेलमा सल्यानटार यूनाईटेडले दिएको ११९ रनको टार्गेट पछ्याएको आयोजक टिमले ८५ रन बनाउँदै अलआउट हुन पुगेको थियो । आजै भएको दोस्रो खेलमा खनियाबासले साङ्कोस क्रिकेट क्लवलाई पराजित गरेको छ । साङ्कोसले दिएको १२२ रनको लक्ष्य खनियाबासले ५ विकेट बाँकी रहदा पुरा गरेको थियो ।

यस्तै आजको अन्तिम खेल जलेश्वरी सुपरकिङ तल्लोबेसी सँग लपराजित भएको छ । तल्लो बेसीले दिएको १५५ रनको लक्ष्य पछ्याएको जलेश्वरीले १०६ रन मात्रै बनाउन सकेको थियो । हार सँगै प्रतियोगिताबाट बाहिरिएको जलेश्वरीका १७ वर्षिय कुमार कुँवर भने चर्चामा रहे । उनीले पुरै इन्डिङ खेल्दै एकल ६७ रन बनाएका थिए । दुई हार सँगै साङ्कोस र जलेश्वरी प्रतियोगिताबाट बाहिरिएका छन् ।