धादिङ । रामेछापमा जारी प्रथम ने. वि. संघ बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा चितवन र सिन्धुपाल्चोकलाई हराउँदै सेमिफाईनल पुगेको छ । धादिङले आजै सेमिफाईनल ललितपुर सँग खेल्ने छ ।
धादिङ जिल्लाबाट राष्टिय टिमका खेलाडीद्वय नेपाल आर्मीका शरण सामरी र नेपाल पुलिसका रविन नगरकोटी समेत सहभागी छन् । उनीहरु दुबै जना धादिङ जिल्लाबासी हुन् । धादिङको लगातार जित सँगै यस पोलमा रहेको सिन्धुपाल्चोक प्रतियोगिताबाट आउट भएको छ।
धादिङको पोलमा धादिङ, सिन्धुपाल्चोक र चितवन परेका छन् । धादिङ पोल विजेता हुँदै सेमिफाईनल पुगेको हो । यस्तै पोल A मा काठमाडौं, दोलखा र काभ्रे पोल C मा नुवाकोट र ललितपुर पोल D मा रामेछाप र सिन्धुली परेका छन् ।
जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङका अनुसार धादिङ टिमको क्याप्टन मनोज श्रेष्ठ रहेका छन् भने धादिङ टिममा अमल आलेमगर, विदुर इटनी, बुद्धिमान तामाङ, योहाङ् तामाङ, प्रदिप मगर, मोहन तामाङ रहने छन् ।
बागमती प्रदेशका जिल्लाहरु सहभागी हुने यस प्रतियोगिताको पुरस्कार राशी प्रथम २ लाख, द्वितिय १ लाख ५० हजार, तृतिय १ लाख र सान्तोना ५० हजार रहेको छ ।