
काठमाडौं । मन्त्रिपरिषद् बैठकले इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ।
देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको हो । केहि मिडियाले सार्वजनिक विदा भनेर प्रचार गरेको देखियो । विदा होईन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
‘यस अकल्पनीय घटनामा दिवंगत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय क्याबिनेटले गरेको छ,’ उनले बताईन् ।
बैठकले मृतकको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ ।