छाता ओढेरै हाजिरी जवाफ

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १९, २०८०

धादिङ । केहि दिन देखि परेको झरी अझै पूर्ण रोकिएको छैन । आज पूर्व निर्धारित कार्यक्रम अनुसार नीलकण्ठ माविले ३-५, ६-८ र ९-१० तीन लेभलमा छुट्टा छुट्टै हाजिरीजवाफ प्रतियोगिता गरेको थियो । कार्यक्रम अवधिमा पानी परे पनि कार्यक्रमलाई शिक्षहरुले रोकेनन् । यसको विकल्पमा विद्यार्थीहरुले छाता ओढेरै हाजिरी जवाफ प्रतियोगितामा सहभागिता जनाएका थिए ।

धादिङबेसी सदरमुकाममा रहेको नमुना विद्यालय नीलकण्ठ माध्यामिक विद्यालय पछिल्लो समय स्थानीयहरुको रोजाईमा पर्न थालेको छ । सदरमुकाममा रहेका अब्बल निजी विद्यालयको घेराबन्दीमा रहेको यस नीलकण्ठ माविले नतिजा राम्रो दिन थाले सँगै स्थानीयहरुको रोजाईमा पर्न थालेको हो ।

शैक्षिक गुणस्तरका लागि हरप्रयास गरिएको विद्यालयका प्रधानाध्यपक ध्रुव अधिकारी बताउँछन् । नीलकण्ठ माविमा अहिले २ हजार ६०० विद्यार्थी अध्ययनरत छन् । अंग्रेजी र नेपाली दुबै माध्यमबाट यस विद्यालयमा आधाभुत तह देखि नै कम्प्युटर शिक्षा, बिषय विज्ञ शिक्षक, कक्षा ९ देखि १२ सम्म प्राविधिक तर्फ Civil Engineering को कक्षा, विद्यालय लाईबेरी, विज्ञान प्रयोगशाला, Computer प्रयोगशाला, विद्यालय नर्स नै नीलकण्ठको आकर्षण रहेको प्रधानाध्यापक अधिकारी बताउँछन् ।