कांग्रेस धादिङको सम्मेलन नजिकियो, विभिन्न समिति गठन

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ९, २०८०

धादिङ । नेपाली कांग्रेस धादिङको जिल्ला सम्मेलन यहि असोज १९ गते धादिङबेसीमा सम्पन्न हुँदै छ । सम्मेलनलाई भव्यताका साथ बनाउन विभिन्न समितिहरु बनाईएको जिल्ला सह सचिव नवराज तिमल्सिनाले बताए ।

मुल आयोजक समितिको संयोजकमा जिल्ला सभापति रामनाथ अधिकारी आफै रहेका छन्ज भने यस समितिमा १. जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य, २. दुवै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापति, ३. चार वटै प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापति, ४. दुई वटा नगरपालिका कार्यसमिति र एघार वटा गाउँपालिका कार्यसमिति, ५. एक सय चार वटा वडा कार्यसमितिका सभापति, ६. बाह्र वटा भ्रातृसंस्थाका जिल्ला अध्यक्ष, ७. दश वटा शुभेच्छुक संस्थाका जिल्ला अध्यक्ष रहेका छन् ।

रक्तदान पनि गर्ने
सम्मेलन उद्घाटनको दिन कांग्रेसले बृहत रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । यस अघि कांग्रेसले २०७७ पुस १६ गते ज्वालामुखीमा गरेको रक्तदानमा ३१ जना महिला र १८७ जना पुरुष गरि २१८ जनाले रक्तदान गरेका थिए । धादिङमा एउटै कार्यक्रममा रक्तदान गरेको सर्वाधिक संख्या अहिले सम्म कायम नै छ ।

यस्तै राजनीतिक प्रतिवेदन तयारी समितिको जिम्मेवारी जिल्ला कार्यसमितिका सदस्य दीपक कोइराला र नेपाल विद्यार्थी सघंका पुर्व केन्द्रिय सदस्य भरत भट्टले पाएका छन् । सांगठनिक प्रतिवेदन तयारी समितिको जिम्मेवारी जिल्ला सचिव रामकृष्ण पाण्डेको संयोजकत्व विकास श्रेष्ठ, बद्री अर्याल, नारायणप्रसाद पोखरेल, मदनकुमार श्रेष्ठ, राजेन्द्र अर्याल र मञ्जु त्रिपाठीले पाएका छन् ।

आर्थिक प्रतिवेदन तयारी समितिको संयोजकमा कोषाध्यक्ष रामप्रसाद अधिकारी तोकिएका छन् भने, सुचना प्रविधि संयोजन समितिको संयोजकको जिम्मेवारी सहसचिव नवराज तिमल्सिना र सदस्यहरुमा विनोद भण्डारी, राजेन्द्र सापकोटा, सदस्य–सचिव मोहन प्याकुरेल तोकिएका छन् । त्यसैगरि प्रचार-प्रसार संयोजकको जिम्मेवारी भने प्रवक्ता विनोद तिमल्सिनालाई दिईएको नेपाली कांग्रेस धादिङले जनाएको छ ।