धादिङ । नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट आज उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।
अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट ११३८ प्रतिनिधि छनोट भएर आइसकेका छन् । जसमध्य धादिङबाट ८६ जना प्रतिनीधि सहभागी हुने छन् । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहितको कमिटी चयन गर्नेछ।
अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, पूर्वपोलिटब्युरो सदस्य एवम बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, हालका प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी मुख्य दाबेदार देखिएका छन् । चितवनका नेता कृष्णभक्त पोखरेल, धादिङका खेम लोहनी र भूमि त्रिपाठीको नाम पनि चर्चामा छ ।