काठमाडौं । ‘स्थानीय तह कर्मचारी सरोकार फोरम’ ले विभिन्न मागहरु राख्दै आन्दोलनको घोषणा गरेको छ । आफूहरुको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिन आन्दोलन गर्न लागिएको उनीहरुले जनाएका छन् ।
विधेयकले प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै नै हुने व्यवस्था लागु गर्नुपर्ने, स्थानीय सेवाबाट प्रदेश र संघीय निजामती सेवामा प्रवेश गर्न उमेरहद लागु हुन नहुने, समायोजन भएकाहरुको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने माग पत्रमा उल्लेख गरेका छन् ।
माग पुरा नभए ७ असोज देखि चरणवद्ध आन्दोलन गर्ने उनीहरुले जनाएका छन् । कालोपट्टी बाँध्ने, ‘पेन डाउन’ गर्ने देखि सिंहदरबार अगाडि विरोध प्रदर्शन गर्ने सम्मका कार्यक्रम राखेका छन् ।