गुड स्टार्ट स्कुलद्वारा विद्यार्थी सम्मान

Avatar photo
Dhadingpost
शनिबार, भदौ ३०, २०८०

शिव श्रेष्ठ,
धादिङ ।
धुनीवेशी नगरपालिका ६ स्थित गुड स्टार्ट इङलिस बोडिङ स्कुलले राष्ट्रिय बाल दिवस २०८० को अवसरमा विविध साँस्कृतिक कार्यक्रमका बीच एसईई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ।

विद्यालयको प्राङ्गणमा सप्पन्न कार्यक्रममा विद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक हर्क लामाको सभापत्तित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले गीत, कविता तथा बेजोड नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा २०७९ सालमा विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाइ सम्मान गरिएको थियो भने २०७९ सालमा कक्षा नर्सरी देखि कक्षा ९ सम्म प्रथम, द्दितीय, र तृतीय हुने विद्यार्थीहरुलाइ पुरस्कार वितरण गरिएको थियो ।

एसईई परीक्षा २०७९ मा नगरपालिका भरिमा उत्कृष्ट जिपिए ल्याउन सफल दिवस कोइरालालार्इ विद्यालयको तर्फबाट प्रधानाध्यापक हर्क लामाले नगद ५००० सहिद अभिनन्दन गरेका थिए ।