गंगाजमुनाले पालिका स्तरीय हाजिरी जवाफ गर्दै बालदिवस मनायो

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २९, २०८०

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाले कक्षा ६-८ मा पढ्ने विद्यार्थीको सहभागिता गराई पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरि बालदिवस मनाएको छ ।

पालिका भित्रका १४ वटा विद्यालयहरू सहभागी उक्त हाजिरी जवाफ प्रतियोगितामा महालक्ष्मी मावि बसेरी प्रथम, शितलादेवी आधारभुत विद्यालय री द्वितिय, शिवालय मावि बसेरी र महेन्द्ररत्न मावि बुढाथुम तृतिय र हिलेपोखरी आधारभुत विद्यालय सान्त्वना भए ।

गंगाजमुना गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक समिति संयोजक भद्र कुमारी नेपालीको अध्यक्षतामा भएको उक्त प्रतियोगितामा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्य रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख प्रमिता भट्टले बताईन् ।