नेपालले आज भारत सँग खेल्ने वर्षाको सम्भावना ६६ प्रतिशत

Avatar photo
Dhadingpost
सोमवार, भदौ १८, २०८०

काठमाडौं । आज हुने नेपाल र भारतबीचको खेल दुबै टोलीका लागि निकै महत्त्वपूर्ण रहेको छ । यस खेलमा दुबै टोली ‘गर वा मर’ को स्थितिमा हुनेछन् । भारत विश्व क्रिकेटको पावर हाउस हो । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरुहुनेछ ।

१६औं एसिया कपमा यसअघि नेपाली टोली आफ्नो पहिलो खेलमा आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । भारत सँग अंक बाड्दै ‘सुपर फोर’ चरणमा पुगिसकेको छ । अब आज भारत र नेपाल बीच को ‘सुपर फोर’ पुग्ने निर्धारण हुने छ ।

वर्षाको सम्भावना
मौसम विभागका अनुसार, केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रहेको स्थानमा सोमबार विहान ६० प्रतिशत वर्षाको सम्भावना रहेको छ । त्यसैले रंगशालाको आउट फिल्ड सुक्न पनि केही समय लाग्नेछ । तर, नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार, ३ः१५ बजे सुरु हुनेछ ।

उक्त खेलको टस नेपाली समयअनुसार, २ः४५ बेज हुनेछ । टस हुने समयमा पालेकेलमा २२ प्रतिशत वर्षाको सम्भावना देखाइएको छ । साँझ ६ बजेसम्म पनि वर्षाको सम्भावना २२ प्रतिशत नै देखिन्छ । त्यसपछि भने वर्षाको सम्भावना बढेर ६६ प्रतिशत पुग्ने देखिएको छ ।

त्यसैले मौसममा नाटकीय परिवर्तन नआएमा दोस्रो पालीको खेल वर्षाका कारण बिथोलिने निकै सम्भावना देखिन्छ । वर्षाका कारण खेल रद्द भए समूह ‘ए’ बाट भारत ‘सुपर फोर’ चरणमा पुग्ने दोस्रो राष्ट्र बन्नेछ ।