धादिङ । बागमति प्रदेश सरकारले ७१ जना स्थानीय न्यायिक सहजकर्ताका लागि आवेदन दिन सूचना जारी गरेको छ ।
प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै मन्त्रालयले प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त रहेका ७१ स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान गरेको हो ।
१२ भदौ .(मंगलबार) देखि १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।