कोलोराडोमा नेपाली महिलाहरु तीज विशेष कार्यक्रममा रमाउँदै

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ ५, २०८०

कोलोराडो । अमेरिकाको कोलोराडो राज्यमा रहेको नेपाली समुदायहरुले नेपालका कला संस्कृति जगर्ने गर्ने गरि विभिन्न कार्यक्रम गर्दै आएको छन् । यहि शिलसिलामा हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा कोलोराडो निवासी महिलाहरुले एकै ठाउमा भेला भई नाचगान गर्दै सामुहिक दरखाने कार्यक्रम गरेका छन् ।

प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै, माईतीको झल्को मेटाउन सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडोले दरखाने कार्यक्रम आयोजना गरेको धादिङका नातिबाबु भट्टले बताए ।

तस्वीर: नातीबाबु भट्ट, कोलोराडो