काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सरकारले रोजगारी सृजना गर्ने नीति अगाडि सारेको बताएका छन् । प्रदेश श्रम तथा रोजगार नीति २०८० सार्वजनिक गर्दै उनले १४ करोड रुपैयाँ बजेट विनियोजन गरेर त्यसबाट २० हजार जना किसानलाई जोड्न लागिएको बताए ।
सोमबार प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा आयोजित प्रदेश श्रम तथा रोजगार नीति २०८० सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्मकट्टेलले मुख्य रुपमा रोजगारी सृजना गर्नुनै सरकारको काम रहेकाले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई आवश्यक ऐन कानून बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।
उनले अब प्रदेश सरकारले समुदायमा आधारित कृषिको मोडल बनाएर रोजगारीसँग जोड्ने बताए ।अब सीप सिकेर मात्र विदेश जानुपर्ने गरी सबै युवाहरुलाई सीप सिकाउनेतर्फ आफुहरु लागिपरेको उनको भनाई छ । साथै उनले सामाजिक सुरक्षा कोषमा सरकारको लगानी नभएकोमा आपत्ति जनाए ।
श्रम र रोजगार मात्र नभई प्रदेश सरकारले यातायात क्षेत्रलाई पनि व्यवस्थित बनाउने उनको भनाई छ ।