धादिङका कुमार अधिकारी इनास अष्ट्रियाको अध्यक्षमा चयन

Avatar photo
Dhadingpost
सोमवार, भदौ ४, २०८०

धादिङ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रियाको अध्यक्षमा धादिङका कुमार अधिकारी चयन भएका छन् , भने ग्लोबल प्रतिनीधिमा राजु विश्वकर्मा चयन भएका छन् ।

युरोपको मुटुमा रहेको अत्यन्तै रमणिय तथा पर्यटकिय देश अष्ट्रियामा रहेर विभिन्न क्षेत्रमा आफ्नो कला, शिप तथा प्रतिभा प्रस्तुत गर्दै आईरहेका नेपालीहरूको अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रियाको आईतबार सम्पन्न अधिबेशले कुमार अधिकारी अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति बनाएको हो ।

अधिबेशनबाट कार्य समितिको उपाध्यक्षमा प्रकाश पौडेल, महासचिवान कृष्ण भट्ट, सचिवमाद्वय मिना गुरुङ, राजन श्रेष्ठ, कोषाध्यक्षमा छविलाल सापकोटा, सदस्यहरुमा सलिना सापकोटा, इन्द्र केसी, रविना भट्टराई, मिडिया कोर्डिनेटरमा विशाल उपाध्याय चयन भएका छन् ।

यस अघिको दुई कार्यकाल धादिङ कै सन्तोषी भण्डारी अध्यक्ष रहेकी थिईन् । उनकै सभापतित्वमा नयाँ कार्यसमितिका लागि अधिबेशन भएको थियो । सन्तोषी केहि साता अघि सम्पन्न एनआरएनए अष्ट्रिया अधिबेशनबाट उपाध्यक्ष निर्वाचित भएकी थिईन ।