
काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले ७ वटै प्रदेशमा सभा गर्ने निर्णय गरेको छ । जस अन्तरगत बागमती प्रदेश सभा भदौ २३ गते गर्ने निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले दौ ८ गते मधेस प्रदेशको वीरगञ्जमा सभा गरिनेछ। यस्तै, भदौ १२ गते लुम्बिनी प्रदेशको बुटवल, १३ गते सुदूरपश्चिम प्रदेशको धनगढी, १४ गते कर्णाली प्रदेशको सुर्खेत, १५ गते गण्डकी प्रदेशको पोखरामा र २५ गते कोशी प्रदेशको विराटनगरमा सभा गर्ने निर्णय गरेको छ ।
मोर्चा गठन भएको करिब तीन महिनापछि बसेको यो दोस्रो बैठक हो। मोर्चामा सत्तारूढ नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रहेका छन्।