धादिङ खेलकुदको भवन मुख्यमन्त्री जम्कट्टेलले भदौ ७ गते उद्घाटन गर्ने

Avatar photo
Dhadingpost
आइतवार, भदौ ३, २०८०

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङको भवन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भदौ ७ गते उद्घाट गर्ने भएका छन् ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार भदौ ७ गते विहान साढें ७ बजे भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उक्त उद्घाटन कार्यक्रममा पालिका अध्यक्षहरु, कार्यालय प्रमुखहरु, जिल्लाका खेलकुद संघका अध्यक्षहरु लाई निमन्त्रणा गरि सकिएको छ । उनले उक्त कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण खेलाडी एवम् खेल प्रमीहरुलाई समेत उपस्थितिको लागि आग्रह गरेका छन् ।

खेलकुद विकास समिति धादिङको भवन शिलान्यास गत माघ २५ गते मुख्य मन्त्री शालिकराम जम्कट्टेलले नै गरेका थिए । बागमती प्रदेश सरकारले उक्त भवन निमार्णका लागि १ करोड विनियोजन गरे पनि ठेकेदार कम्पनी अन्नकन्या निर्माण सेवा प्रालिले ७१ लाखका टेन्डर पारी कार्य सम्पन्न गरेको छ ।

उक्त भवन उद्घाटन पछि मुख्य मन्त्री जम्कट्टेल विशालनगर ब्याडमिण्ट क्लव त्रिपुरासुन्दरी गाउँपालिका २ आरुघाटले अरुघाटमा निमार्ण गरेको कभर्डहल उद्घाटनका लागि आरुघाट जाने कार्यक्रम रहेको छ ।