काठमाडौं । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी “विदेशमा कामदारको मृत्यु भएकामा परिवारलाई दिने रकम १० लाख आर्थिक सहायता उपलब्ध गराईने जनाएको छ । यसअघि विदेशमा श्रमिकको ज्यान गुमाएका परिवारलाई सात लाख रुपैयाँ प्रदान गरिंदै आएको थियो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रुपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोर्डले यसअघि दिँदै आएको आर्थिक सहायता तथा छात्रवृत्ति ज्यादै न्यून भएका कारण बढाइएको जनाएको छ ।
यस्तो सहायता २०६५ देखि मृतकका आफन्त तथा अंगभंग भएका श्रमिकलाई दिन थालिएको हो । सुरुमा आर्थिक सहायता स्वरूप मृतकका परिवारलाई तीन लाख रूपैयाँ दिने गरिएको थियो । आर्थिक वर्ष २०७४⁄७५ देखि बढाएर ७ लाख पु¥याइएको थियो ।
कतिपय अंगभंग भएर समेत फर्कने गरेका छन्। पछिल्लो तथ्यांक हेर्दा वार्षिक एक हजारभन्दा धेरैले विभिन्न मुलुकमा ज्यान गुमाउने गरेका छन् । पाँच सयको हाराहारीमा अंगभंग भएर फर्कनु परेको अवस्था छ ।