सबै स्वास्थ्य संस्थाहरुमा फूल रोप्न निर्देशन

Avatar photo
Dhadingpost
बुधबार, साउन २४, २०८०

काठमाडौं । स्वास्थ्य मन्त्रालय आन्तरिक प्रशासन शाखाले पत्रचार गर्दै सबै स्वास्थ्य संस्थाहरुमा फूल रोप्न निर्देशन दिएको छ ।

कार्यालय परिसरमा यसरी फूलका बिरुवा रोपेर हरियाली बनाउँदा उपचारका लागि आउने बिरामीलाई उर्जा प्राप्त हुने, बिरामीलाई स्वास्थ्यलाभ हुने सहयोग पुग्ने मन्त्रालयले भनेको छ ।
स्वस्थ वातावरणमा सेवा दिँदा चिकित्सक स्वास्थ्यकर्मीको समेत मनोबाल बढ्ने दावी गर्दै खाली जग्गा तथा कार्यालय परिसरमा सदाबहादर फूल्ने फूल लगाउन आह्वान गर्दै पत्राचार गरेको हो ।