धादिङमा आज ७५ जनामा डेंगु संक्रमण, नीलकण्ठमा मात्रै ६१ जना

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २३, २०८०

धादिङ । धादिङमा आज ७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

आज डेंगु संक्रमण पुष्टि हुनेमा नीलकण्ठमा ३७ पुरुष, २४ महिला गरी ६१ जना, बेनीघाट रोराङमा ४ पुरुष, त्रिपुरासुन्दरीमा ३ महिला, ज्वालामुखीमा २ पुरुष १ महिला गरी ३ जना, गजुरीमा २ महिला, सिद्धलेक र जालामुखीमा १-१ जना रहेका छन् ।

यो सँगै धादिङमा डेंगु संक्रमण हुनेको संख्या १ हजार ४१ जना पुगेको छ । थाक्रे बाहेक धादिङको सबै पालिकामा डेंगु फैलिएको छ, अहिले सम्मको रेकर्डमा यो साउनमा थाक्रेमा डेंगु संक्रमित भेटिएको छैन ।