काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अब चलाइने तीन महिने अभियानमा सबै नेतालाई कार्यक्षेत्र पठाईने बताए । अभियानको मुल उद्धेश्य जनताको गुनासो र आलोचना सुन्ने, शहिद परिवारको आफन्तलाई भेट्ने रहेको छ ।
अहिले सरकारले थालेका सकारात्मक कामहरू जनतासम्म स्थापित गरेर, संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका परिवर्तनको स्वामित्व लिनेगरी जनतासमा जान हामी विचार र राजनीतिमा मात्रै सर्वसम्मत भएका छैनौँ, भावनात्मक रुपले पनि एकजुट भएका छौँ, उनले भने।
बैठक समापनका क्रममा आफूहरू भावनात्मक रूपले एक ढिक्का भएको भन्दै प्रधानमन्त्री प्रचण्डले एक ढिक्का भएको बताए । ‘हामी एक ढिक्का भएका छौँ । पार्टी नेतृत्व बाहिर जाने छैनौँ । नेतृत्वको वरिपरि गोलबन्द हुने छौँ । हामी भावनात्मक रूपले भए पनि एक ढिक्का भएका छौँ । फेरि माओवादी जाग्ने छ,’ उनले भनेका थिए ।