लन्डनमा धादिङ नुवाकोट कप फुटबल सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, साउन १५, २०८०

लन्डन । धादिङ नुवाकोट समाज यूकेले आयोजना गरेको धादिङ नुवाकोट कप फुटबल प्रतियोगिताको उपाधि स्वीन्डन स्टारले जितेको छ । शनिबार लन्डन फेल्थम कम्युनिटी कलेज मैदानमा आयोजित तेश्रो धादिङ नुवाकोट कपको फाइनलमा फेल्थम फाइटरलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

विजेताले गोल्ड मेडल र उपविजेताले सिल्भर मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन् । भेट्रान खेलाडीसहित ६ टिम सहभागी उक्त प्रतियोगितामा धनगरचोक टाइगर्स तृतीय भइ ब्रोन्ज मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।विजेता टिमलाई धादिङ नुवाकोट समाज यूके अध्यक्ष धनबहादुर तामाङले मेडल र प्रमाणपत्र प्रदान गर्दै बधाइ दिएका थिए ।

समाजको वार्षिक समर भेटघाट नाम दिईएको उक्त कार्यक्रम ३ चरणमा गरिएको थियो । बिहान फुटबल, साँझ सांस्कृतिक कार्यक्रम र चौरासी ब्यन्जन को मिस्ठान्न भोजन ग्रहणको कार्यक्रम गरिएको थियो ।

साँस्कृतिक कार्यक्रममा लोकदोहोरी गायीका मनमायाँ वाईवा, विन्दा परियारले भरपुर मनोरञ्जन दिलाएका थिए । कार्यक्रमको उद्घाटन पूर्व मेयर काउन्सिलर विष्णु गुरुङ र धादिङ नुवाकोट समाज यूके अध्यक्ष धनबहादुर तामाङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरेर गरेका थिए ।

धादिङ नुवाकोट समाज यूकेले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आईरहेको छ । तस्वीर: गोर्खा मिडिया