गोरखा । गोरखाको शहीद लखन गाउँपालिकाका किसानले घरमै अरिङ्गाल पालेर मनग्य आम्दानी गर्न थालेका छन् । अरिङ्गालको बच्चा अर्थात् लार्भा एक मानाको १५ सयदेखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको स्थानीय बताउँ छन् ।
यस गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का केही किसानले अरिङ्गालले जङ्गलमा बनाएको गोलालाई घर छेउमा लगेर पालेका छन् । अरिङ्गालको लार्भा तारेर सितनको रूपमा खानेहरू बढ्दै गएपछि आयआर्जनको वैकल्पिक स्रोतका रूपमा त्यस क्षेत्रका किसानले अरिङ्गाल पाल्न थालेका हुन् । समाचार स्रोत चोईस एफएम