धादिङमा आज पनि १२ जनालाई डेंगु संक्रमण

Avatar photo
Dhadingpost
बुधबार, असार २७, २०८०

धादिङ । धादिङ आज पनि १२ जनलाई डेंगु संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । मंगलबार पनि धादिङमा १२ जनालाई नै डेंगु संक्रमण भएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार बुधबार नीलकण्ठ नगरपालिकामा ४ महिला ७ पुरुष गरी ११ जना, र सिद्धलेक गाउँपालिकामा १ महिला गरी १२ जनालाई डेंगु संक्रमण भएको हो ।

२०७९ साउन यता धादिङमा २ हजार ७६५ जनालाई डेंगु संक्रमण भैसकेको छ ।