प्रेस युनियन मकवानपुरद्वारा महासंघको ध्यानाकर्षण

Avatar photo
Dhadingpost
शुक्रबार, असार २२, २०८०

हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले केन्द्रले तोकेको मापदण्ड पूर्णरुपमा पालना नगरी सरकारी नियुक्ती लिएका र राजनीतिमा क्रियाशील रहेकाको सदस्यता कायम राखेको र सञ्चारकर्ममै क्रियाशील रहेकाहरुको नवीकरण र नयाँ सदस्यता हुनबाट बञ्चित गरिएको भन्दै पत्रकार महासंघ मकवानपुरको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष सुवास विडारीले शुक्रबार विज्ञप्ति जारी गर्दै महासंघ मकवानपुर शाखाले केन्द्रले तोकेको मापदण्ड पूर्णरुपमा पालना नगरी मनोमानी ढंगबाट सदस्यता सिफारिस गरेको भन्दै आपत्ती जनाए जनाउँदै क्रियाशील पत्रकारलाई महासंघको सदस्यता दिन ध्यानाकर्षण गराएका हुन् । जिल्लामा सक्रिय कलमजीवीहरुको उजुरी लिने र सोमाथि कुनै छलफलसमेत नगरी प्रदेशलाई सिफारिस गरको भन्दै महासंघको यो कदमप्रति युनियनको पूर्ण असहमति रहेको उल्लेख छ ।

युनियनले क्रियाशील सञ्चारकर्मीहरुलाई असार २७ गतेसम्म प्रदेश समितिमा सदस्यको विषयमाथि उजुरी गर्न आह्वान समेत गरेको छ । युनियनले क्रियाशील सञ्चारकर्मीहरुलाई महासंघको सदस्य हुनबाट बञ्चित नगर्न महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखालाई आग्रह गरेको छ ।