काठमाडौं । सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे ।
मोर्चाको नेतृत्व शीर्ष नेताले सहमतिमा आलोपालो गर्नेछन् । समन्वय र सहकार्यको मान्यतालाई अवलम्बना गरिनेछ । मोर्चाले साझा नीति तथा कार्यक्रम तय गर्ने जनाएको छ। मोर्चाले घटक सदस्यहरुबीच सहकार्य संस्कृतिको विकास गर्ने र केन्द्रदेखि स्थानीय स्तरसम्म प्रचार प्रसार गर्ने जनाएको छ।
कांग्रेस र एमाले पछि तेस्रो शक्ति बनाउने गरी समाजवादी मोर्चा निर्माण गरिएको हो। प्रतिनिधिसभामा माओवादीका केन्द्रका ३२,नेकपा एसका १० र जसपाका १२ सांसद छन्। चार दलको मोर्चा बनेसँगै सांसदको संख्या ५४ पुगेको छ।
सात बुँदे सहमती