काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार जारी विज्ञप्ति जारी गर्दै २०६८ सालको जनगणना अनुसारका कुल १२५ जातजातिमा १७ वटा जातजाति थप भएको जनाएको छ ।
जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्यांक उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको हो।
२०६८ सालको जनगणना अनुसार कुल १२३ वटा मातृभाषा मध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरूको संख्या न्यून भएकाले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको कार्यालयले जनाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालमा हाल ८१.१९ प्रतिशत जनसंख्या हिन्दु रहेको छ । दुई करोड ९१ लाख ६४ हजार पाँच सय ८७ कुल जनसंख्यामध्ये एक करोड एक लाख ५९ हजार सात सय ९० पुरुष तथा एक करोड दुई लाख तीन हजार सात सय ५९ महिला हिन्दु धर्मावलम्बी छन् ।
यसैगरी, ८.२१ प्रतिशत बौद्ध, ५.०९ प्रतिशत इस्लाम, ३.१७ प्रतिशत किराँत धर्मावलम्बी छन् । १.७६ प्रतिशत क्रिश्चियन, ०.३५ प्रतिशत प्रकृतिपूजक, ०.२३ प्रतिशत बोन, ०.०१ प्रतिशत जैन, ०.०१ प्रतिशत जैन धर्मावलम्बी रहेको तथ्यांकमा उल्लेख छ ।