८ अर्ब २५ करोड विनियोजित संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम रास्वपाद्वारा खारेजीको माग

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १८, २०८०

धादिङ । कुल ८ अर्ब २५ करोड रकम विनियोजन संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम खारेज गर्न माग गर्दै रास्वपाले संकल्प प्रस्ताव दर्ता गरेको छ । सरकारले असहज आर्थिक परिस्थितिमा विवादित कार्यक्रम संसद विकास कोषलाई ब्यूँताएर जनतामा आर्थिक भार थपेको रास्वपाको संकल्प प्रस्तावमा उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको हस्ताक्षर भएको उक्त संकल्प प्रस्ताव सभापति रवि लामिछाने नेपाल बाहिर रहेकोले पार्टीका उपसभापति तथा सांसद डोलप्रसाद अर्यालले पेश गरेका हुन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटमा संसद विकास कोषलाई ब्यूँत्याएर प्रतिसंसद ५ करोड रुपैयाँ बजेट छुट्याएका छन् ।