धुनीबेसी ६ मा ३ दिने स्थलगत बाख्रा पालन तालिम सुरु

Avatar photo
उपेन्द्र जम्कट्टेल
बिहिबार, जेष्ठ १८, २०८०

धादिङ । धुनीबेसी ६ का वडा आध्यक्ष रमेश प्रसाद आचार्यले बाख्रा पालन व्यवसायलाई आधुनिकीकरण गर्न स्थलगत बाख्रापालन तालिम सुरु भएको बताए ।

धुनीबेसी वडा नम्बर ६ का २० जना किसान सहभागी उक्त तालिममा पशु सेवा शाखा प्रमुख टंक कटुवाल, पशु सेवा तालिम केन्द्र लगनखेलका अधिकृत झमक बहादुर भण्डारी लगायतले सहजीकरण गरि रहेको वडाध्यक्ष आचार्यले धादिङपोष्टलाई बताए ।

बुधबार देखि सुरुभएको उक्त तालिमको आयोजना पशु सेवा तालिम केन्द्र बागमती प्रदेश लगनखेल, ललितपुरले गरेको हो ।