धादिङ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सोमबार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । उक्त बजेट अनुसार देशभरका स्थानीय तहलाई २ खर्ब ९५ अर्ब २ करोड, २ लाख हस्तान्तरण हुनेछ ।
सबैभन्दा धेरै गाउँपालिकालाई गएको छ । ४ सय ६० गाउँपालिकालाई सरकारले १ खर्ब ४३ अर्ब ६ करोड ३९ लाख वित्तीय हस्तान्तरण गरेको हो । गाउँपालिकालाई समानीकरण अनुदान ४३ अर्ब ६५ करोड १० लाख, सशर्त अनदान ९० अर्ब ८४ करोड ६२ लाख, विशेष अनुदान ४ अर्ब ६५ करोड ३४ लाख गरी र समपुरक ३ अर्ब ९१ करोड ३३ लाख गरी १ खर्ब ४३ अर्ब ६ करोड हस्तान्तरण भएको हो ।
बजेट अनुसार धादिङ जिल्लामा संघबाट धादिङका स्थानीय तहका लागि ४ अर्व ७६ करोड ९ लाख आएको छ । जसअन्तरगत नीलकण्ठ नगरपालिकालाई सबैभन्दा धेरै ७० करोड ११ लाख आएको छ भने सबै भन्दा कम रुबीभ्याली गाउँपालिकालाई २० करोड ३२ लाख आएको छ ।
धादिङका कुन पालिकामा कति आयो ?