बजेटमा गाँजा खेतीको विषय उल्लेख

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १५, २०८०

काठमाडौं । आर्थिक वर्ष २०८०र०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले औषधिका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएका छन् ।

यसैबीच सरकारले बजेटमै गाँजा खेतीको विषय उल्लेख गर्दै औषधिका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने जनाईएको हो ।

नेपालमा गाँजालाई लागुऔषध मानेर प्रतिबन्ध लगाइएको छ । धेरै औषधिमा प्रयोग हुने भएकाले गाँजालाई खुल्ला गर्नुपर्ने माग उठ्ने गरेको छ ।