धादिङ । नेकपा (माओवादी केन्द्र) धादिङले पालिका कमिटीलाई आठ बुँदे सर्कुलर पठाएको छ । उक्त सर्कुलरको ४ नम्बर बुँदामा सुरुमा सक्रिय पार्टी सदस्यबाट एक मुष्ठ ५ हजार र मासिक १०० का दरले चौमासिक रुपमा रकम संकलन गरिने जनाईएको छ ।
हामी संगठन सुदृढ सँगै नमुना योग्य काम गर्दै छौं त्यसको स्वमित्व पार्टी सदस्यले लिने गरि त्यो काम हुन्छ त्यसैका लागि एउटा कोष बनाउँदै छौं यस अभियनामा जिल्लाका २६ हजार सक्रिय पार्टी सदस्यलाई जोड्न आर्थिक संकलन गर्ने निर्णय गरिएको जिल्ला सचिव दिपक लामिछाने (सुबोध) ले धादिङपोष्टलाई बताए ।
जिल्ला इन्चार्ज शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य अप्सरा सिंखडा (दिपा), वैकल्पित केन्द्रिय सदस्य रामबहादुर भण्डारी, बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटीको आतिथ्यतामा बैशाख १५ गते सम्पन्न पार्टीको जिल्ला समन्वय समिति, कार्यलयको विस्तारित बैठकको निर्णय पालिका कमिटिलाई जानकारी दिन सर्कुलर जारी भएको बताईएको छ ।
धादिङपोष्टले प्राप्त गरेको उक्त सर्कुलरमा समावेस आठ बुँदा
१. बैठकको प्रारम्भमा जनयुद्ध, जनआन्दोलनका महान् ज्ञात-अज्ञात सहिदहरुप्रति १ मिनेट २) भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता योद्धाहरुको स्मरण सहित सम्मान व्यक्त गरियो ।
२. कोष निर्माणको निमित्त क. नारायण निमल्सीनाको संयोजकत्वमा १३ वटै पालिकाबाट तदर्थ समिति निर्माण गरियो ।
३. प्रस्तावित कोष निर्माणको निमित्त अध्ययन गर्न जिम्मेवारी प्रदान गरिएको क. नारायण प्रसाद तिमल्सिनाले प्रस्तावित कोषको विषयमा जानकारी गराउँनुको साथै जिल्ला इन्चार्ज क. सालिकराम जम्कट्टेलले विस्तृत रुपमा प्रशिक्षित गर्नुभयो ।
संयोजक- नारायण तिमल्सीना त्रिपुरासुन्दरी गाउँपालिका
सदस्य- मिम्बा तामाङ, रुवीभ्याली
सदस्य- प्रेम तामाङ, खनियाबास
सदस्य- लालबहादुर थापा, गंगाजमुना
सदस्य- प्रेमबहादुर तामाङ, नेत्रावती डबजोङ
सदस्य- हरिबहादुर दनै, ज्वालामुखी
सदस्य- रुद्रबहादुर खत्री, नीलकण्ठ
सदस्य- रामकृष्ण श्रीमल, सिद्धलेक
सदस्य- खेमराज भुजेल, बेनिघाट रोराङ
सदस्य- सूर्य तामाङ, गजुरी
सदस्य- रामशरण सेन्चुरी, गल्छी
सदस्य- अशोक अधिकारी, थाक्रे
सदस्य- राजकुमार पाठक, धुनीबेसी
४. कोष निर्माणको निमित्त सुरुमा सक्रिय पार्टी सदस्यबाट एकमुष्ठ रु.५००० र मासिक रु.१०० का दरले चौमासिक रुपमा रकम सङ्कलन गर्ने निर्णय गरियो ।
५. जिल्ला पार्टी कार्यालय निर्माण सम्पन्न गर्नको लागि निम्न बमोजिमको समिति चयन गरिएको छ ।
संयोजकः रुद्रबहादुर खत्री सदस्यहरुः नारायणकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजाराम रिजाल र बद्री सुवेदी
६. सङ्गठन विस्तार तथा जनसम्बन्ध सुदृढ अभियानमा खट्नुभएका प्रदेश समितिका सदस्यहरुलाई जिम्मेवारी पुरा गर्नुभएकोमा धन्यवाद सहित पुरानै जिम्मेवारीमा आफ्नो काममा फर्कने निर्णय गरियो ।
७. पार्टी सदस्यता नविकरण यहि जेठ मसान्तसम्म गरिसक्ने र ज.ब. स. मोर्चाको बाँकी कामहरुलाई निरन्तरता दिने निर्णय गरियो ।
८. संगठनमा थप ब्यवस्थित र परिचालनको लागि तपशिलमा उल्लेखित कमरेडहरुलाई प्रदेश निर्वाचन क्षेत्र स्तरको संयोजन गर्ने गरी जिम्मेवारी तोकिएको जानकारी गराइन्छ ।
तपशील:
प्रतिनिधि सभा क्षेत्र – १ (१) क. दिपक लामिछाने (सुवोध),
प्रतिनिधि सभा क्षेत्र – १ (२) क. सालिकराम जम्कट्टेल,
प्रतिनिधि सभा क्षेत्र-२ (१) क.मनराज भण्डारी ( शैलेस),
प्रतिनिधि सभा क्षेत्र – २ (२) क. दलबहादुर बुर्लाकोटी (बिजय)