धादिङको महिला भलिबल टिमले रामेछाप पछि सिन्धुपाल्चोकलाई हरायो

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ९, २०८०

धादिङ । बागमती प्रदेश सरकारले आयोजना गरेको प्रदेश स्तरीय दोस्रो खेलकुद प्रतियोगिता मुख्य मन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरे सोमबारबाट जारी छ । भलिबल तर्फ रामेछापलाई हराउँदै दोस्रो चरण प्रवेस गरेको धादिङको महिला भलिबल टिमले मंगलबार बिहान सिन्धुपाल्चोकलाई हराएको छ । लिग चरणको अन्तिम खेल आजै साँझ ५ बजे नुवाकोट हुने आयोजकले जनाएको छ ।

यस्तै ब्याडमिण्टन पुरुष सिङ्गल तर्फ धादिङका अस्बिन थापामगर चितवनका खेलाडीलाई पराजित गर्दै सेमिफाईनल प्रवेस गरेका छन् ।