धादिङ । अब एमालेले पार्टी सदस्यबाट उम्मेदवार छान्ने दिन आउन लागेको नेकपा एमाले सचिव योगेश भट्टराइले बताएका छन् । नेकपा एमाले धादिङले मदन आश्रीतको ३० औँ स्मृति दिवसको अबसरमा बुधबार धादिङबेसीमा आयोजित अन्तरक्रिया कार्यक्रमको अबसरमा यस्तो बताएका हुन् ।
मदन भण्डारीको मार्ग दर्शनका कारण एमालेले नेपालको माटो र जनता सुहाउँदो किसिमले सत्ताको उपयोग गर्दै यो परिवर्तन सम्भव भएको दावी गर्दै प्रदेश सरकार खारेज गर्ने भनेर एमालेले यो सन्दर्भमा नभन्ने धारणा व्यक्त गर्नुभयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य एवं धादिङ कम्यूनिष्ट आन्दोलनका संस्थापक जगन्नाथ नेपाल, एमाले जिल्ला उपाध्यक्ष धनबहादुर घले, मदनभण्डारी फाउण्डेशनका जिल्ला अध्यक्ष उमेश थापाले लगायतको आतिथ्यता रहेको थियो ।