ह्वाट्स एपमा २५ लाखको चिठ्ठा परेको लोभ देखाई ठगी गर्ने समूह पक्राउ

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ३१, २०८०

काठमाडौं । सामाजिक संजालबाट चिठ्ठा पर्‍यो भनी ठगी गर्ने समूहका तीनजनालाई उदयपुर प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालबाट ठगी गरेको आरोपमा कटारी नगरपालिका–३ का उज्जवल थापामगर, विशाल थापामगर र चितवन रत्ननगर– २ का सुशील श्रेष्ठलाई पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।

पक्राउ परेका व्यक्तिहरूको समूहले त्रियुगा नगरपालिका– ३ का उदय राईलाई ह्वाट्स एपमा २५ लाखको चिठ्ठा पर्‍यो भनी रकम प्राप्त गर्न कर तिर्ने प्रयोजनका लागि भनेर २२ लाख २० हजार ठगी गरेको प्रहरीले जनाएको छ।