बालकृष्ण खाँणलाई जोगाउने अभियानमा कांग्रेसका ६ महिला सांसद

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ३१, २०८०

काठमाडौं । कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य नेता तथा निर्वतमान गृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणका कारण प्रहरी हिरासतमा छन् । उनलाई जोगाउन ६ महिला सांसदहरु फन्टलाईनमा देखिएका छन् ।

कांग्रेसका महिला सांसदहरु कान्तिका सेजुवाल, नागिना यादव, सीताकुमारी राना, जवेदा खातुन जागा, रूपा विक, सुशीला थिङलगायत सांसदले देउवालाई भेटेर बालकृष्ण खाँणलाई फसाईएको र त्यसो हुन नदिन कांग्रेसले दवाव दिनु पर्ने बताएका छन् ।

‘हामी केही महिला सांसदले पार्टी सभापतिलाई भेटेर खाँणको पक्राउ लगायतका विषयमा चासो राखेका हौं । यो प्रकरणमा पार्टीको धारणा के हो ? खाँण पक्राउ पर्दा उनीमाथी अन्याय भयो या के भयो, सँगै अन्य नाम जोडिएकाहरुको बारेमा के हो ? भनेर सभापतिसँग स्पष्ट हुन खोज्यौं,’ भेटमा सहभागी कांग्रेसका एक महिला सांसदले भनिन्,–‘खाँण दाइलाई फसाउन खोजिएको हो भन्ने कुरा प्रस्ट छ ।

देउवा भेट्न पुगेका ती महिला सांसदले अझ देउवालाई हिजो प्रधानमन्त्री र आज सभापतिका रूपमा सम्पूर्ण जिम्मा देउवाले नै लिनुपर्ने सम्मका भनाई राखेका थिए ।

‘खाँण दाइ मात्रै किन  ? त्यसभन्दा माथिका पनि तानिनुपर्छ, तानिएनन् भने हामी पनि चुप लागेर बस्दैनौं । ‘आफ्नो परिवारलाई बचाउने मूल्यमा अरूमाथि अन्याय भए हामी सहँदैनौं, यत्ति भन्दा हदै होला पार्टीको कारबाही भोगिएला । भोग्न तयार छौं । आवश्यक परे सांसद पदबाट राजीनामा दिन पनि तयार छौं भनेर सभापतिलाई प्रस्ट भनेका छौं ।’ ती महिला सांसदले भनिन् ।


खाँण २७ बैशाखमा पक्राउ परेका थिए । एमालेका सांसद तथा सचिव टोपवहादुर रायमाझी फरार छन् ।यो प्रकरणका गिरोह, विचौलियासहितका अन्य ११ जना पनि पक्राउ परेका छन् ।