राँके जुलुस प्रदर्शन, प्रहरीद्वारा लाठी चार्ज

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २७, २०८०

काठमाडौं । झापाको दमकमा सुरक्षाकर्मी र पहिचानवादीबीच मंलगबार साँझ झडप भएको छ। कोसी प्रदेशको पुनः नामाकरण हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको पूर्वघोषित कार्यक्रम अनुसार दमकमा राँके जुलुस प्रदर्शन गर्ने क्रममा झडप भएको हो।

झडपपछि दमक अशान्त बनेको छ। झडपका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी एक दर्जन बढी घाइते भएका छन्। घाइतेहरूको दमकस्थित लाइफलाइन अस्पताल र दमक अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको थप विवरण आउन बाँकी छ।

राँके जुलुसलाई रोक्न खोज्दा प्रदर्शनकारीहरूले प्रहरीमाथि ग्याँटिससहित ढुंगामुडा प्रहार गरेका थिए। प्रदर्शनकारीहरूले दमकको गणतन्त्र चोकमा जुलुस निकालेर सडकमा टायर बाल्दै प्रदर्शन गरेका थिए। प्रहरीले भीड नियन्त्रण गर्न अश्रु ग्याँस र छर्रा प्रहार गरेको बताइएको छ। अन्नपुर्णपोष्टबाट