बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको अध्यक्षमा भवानी पौडेल

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १९, २०८०

कोरिया । बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशनले अध्यक्षमा भवनी पौडेललाई चयन गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भर्चुअल माध्यमबाट अधिवेशनमा प्रमुख आतिथ्यता जनाएका थिए । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा नवराज तिमिल्सिनालाई निर्वाचित गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा सागर सापकोटा, महिला उपाध्यक्षमा सुष्मा थापा, उपाध्यक्षमा रेशम अधिकारी, महासचिवमा सुरेश थिङ, कोषाध्यक्षमा जयन्ति शर्मा घिमिरे, सचिवमा तारा चन्द आचार्य र सुमन चौलागाई, सह–कोषाध्यक्षमा पूर्ण बहादुर प्रधानलाई निर्वाचित गरेको छ ।

त्यस्तै अधिवेशनबाट जिल्ला संयोजकहरुमा, अमर घले (धादिङ) केशव मन लामा (काभ्रे), कुन्दन थापा (दोलखा) र पदम बहादुर थापामगर रामेछाप) चयन भएका छन् । रवी प्रताप घिसिङको सभापतित्वमा भएको उक्त अधिवेशनमा नेपाली राजदुताबासका उपनियोग प्रमुख पुष्पराज भट्टराई विशेष आतिथ्यता रहेको थियो भने दक्षिण कोरियामा रहेका विभिन्न संस्थाहरुका प्रतिनिधिहरुको उल्लेख्य सहभागितामा रहेको थियो ।