नेपाल र युएईको फाइनल खेल भोली आजकै स्थितिबाट खेल हुने

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १८, २०८०

काठमाडौं । एसिसी प्रिमियर कपको फाइनलमा खेल आज वर्षाको कारण प्रभावित भएपछि भोली बिहान ९ बजे आजै कै युएईको अंक स्कोर १०६–९ को अवस्थाबाट खेल सुरु हुने गरि स्थगित भएको छ ।

भोली मंगलबार पनि वर्षाको कारण नतिजा आउन नसकेमा सुपर ओभर जाने र यदि वर्षाको कारण सुपर ओभर पनि हुन नसकेन भने ओडिआई वरियताको आधारमा नेपाल एसिया कपमा पुग्नेछ । ओडिआई वरियाता नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् ।

टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल बर्षाका कारणले रोकिएको हो । मंगलबार आजकै स्थितिबाट युएईले ब्याटिङ सुरु गर्नेछ । बर्ष सुरु हुनु अघि युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छककाको सहयोगमा ५४ रन बनाए । खानलाई ललिनारायण राजवंशीको बलमा विकेट किपर आसिफ शेखबाट समातिए ।

ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वसिल हमिद र आसिफ खानले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । वासिलले २७ बलमा १० रन बनाएका थिए । कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए । नेपालका लागि ललितनारायण राजवंशीले ४ दशमलब ३ ओभरमा ५ रन खर्चिएर ३ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २/२ तथा गुलसन झा,सोमपाल कामीले समान १/१ विकेट लिए ।