सान नेपालको अध्यक्षमा सुदर्शन खतिवडा

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १७, २०८०

१७ वैशाख, काठमाडौं । सत्यवती आल्मुनाई एसोसिएन नेपाल (सान नेपाल) को अध्यक्षमा सुदर्शन खतिवडा निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न तेस्रो महासभाले खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले २०५७ मा सत्यवतीबाट एसएलसी उत्तीर्ण गरेका थिए । अनलाइनखबरका विचार सम्पादक रहेका उनी सामुदायिक रेडियो प्रसारक संघ (एकोराब)को सचिव पनि हुन् । दुई दशकदेखि पत्रकारितामा सक्रिय उनी पत्रकारिता विषय प्राध्यापन पनि गर्छन् ।

यस्तै कार्यसमितिको उपाध्यक्षमा प्रल्हाद लामिछाने र इन्दिरा अधिकारी, महासचिवमा रामचन्द्र पोखरेल, कोषाध्यक्षमा राममणि खतिवडा र सचिवद्वयमा जनक श्रेष्ठ र अप्सरा पण्डित निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यहरूमा रोशन गिरी, दिपक खतिवडा, चन्द्रावती खतिवडा, प्रमिला अधिकारी, पार्वती खतिवडा, नारायण श्रेष्ठ, पुरुषोत्तम खतिवडा र विष्णु श्रेष्ठ निर्वाचित भएका छन् ।

सान नेपाल सिद्धलेक गाउँपालिकाको आदमटारमा अवस्थित सत्यवती उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण भएका पूर्वविद्यार्थीहरूको संस्था हो । उक्त विद्यालयमा २०४९ सालबाट प्रवेशिका परीक्षा सुरु भएको थियो ।