धादिङ । माओवादी केन्द्र नीकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागमती प्रदेशको भेलाले पार्टी केन्द्रिय सदस्य रामेछाप निवासी सुनिता गौतमको नेतृत्वमा १७५ सदस्यीय प्रदेश कार्य समिति गठन गरेको छ ।
उक्त कार्यसमितिको ३ जना उपाध्यक्षमा कल्पना रिमाल नुवाकोट, दिपा बोहोरा सिन्धुलि, र लक्ष्मी माझी मकवानपुर चयन भएका छन् । यस्तै सचिवमा काठमाडौंबाट अनिता कार्की ढोली, ३ जना सह सचिवमा धादिङबाट संगिता कडेल (दिपा), चितवनबाट अम्बिका लामिछाने, सिन्धुपाल्चोकबाट अम्बिका नेपाल र कोषाध्यक्षमा सृजना थिङ्ग काभ्रे चयन भएका छन् ।