भरुवा बन्दुकले आफ्नै दाईलाई मार्न खोज्ने भाई थाक्रेमा पक्राउ

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ८, २०८०

धादिङ । प्रहरीले एक नाले भरुवा बन्दुक तेस्र्याएर आफ्नै दाजुलाई मार्छु भन्ने भाईलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादमा डाँडीघाटमा ४१ वर्षिय शंकर बहादुर तामाङको घर आँगनमा आई निजकै दाजु सुकमान तामाङले भरुवा बन्दुकले ताकेर मार्छु भन्दै आए पछी शंकर बहादुर तामाङको छोरा वर्ष २२ को सुरेश तामाङले बन्दुक खोसेर आफ्नै घर भित्रको भर्याछङ छेउमा लुकाई जनाकारी आएपछि बन्दुक सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खानिखोला तथा अस्थायी प्रहरी पोष्ट हाप्सेचौरबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा फरार रहेका प्रतिवादी सुकमान तामाङलाई मिति २०८०।०१।०६ गते जिल्ला धादिङ थाक्रे डाँडीघाट स्थित निज प्रतिवादी आफ्नै घर छेउमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी उक्त एक नाले भरुवा बन्दुक समेत बरामद गरी गरिएको जनाएको छ ।
निज विरुद्ध ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना सम्बन्धी कसूर मुद्दा मुद्धा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।