काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत शुक्रबार टियु क्रिकेट मैदानमा नेपाल र ओमनाबीच हुने समूह ए को खेलले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडियआई) मान्यता पाएको छ ।
यससँगै टियु मैदानमा विहान ९ बजे सुरु हुने खेल नेपालको ५० औं ओडियआई खेल हुने भएको हो । नेपाल र ओमानबीच ओडिआई खेलमा ६ पटक भेट भएकोमा ओमान ४ पटक विजयी हुँदा नेपालले २ खेलमा विजयी भएको छ ।
नेपाल ओमानबीचको पहिलो ओडिआई खेल ५ फेब्रुअरी २०२० मा कीर्तिपुरमा भएको थियो । सो खेल नेपाल १८ रनले पराजित भएको थियो । विश्वकप लिग टू अन्तर्गतको सिरिजका क्रममा सो खेल भएको थियो । नेपालले हालसम्म ७ देशसँग ४९ ओडिआई खेल खेलेको छ ।
सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ ओडिआईमा २६ मा जित, २१ मा हार, एक मा टाई तथा एक खेलमा नतिजा बिहीन छ । नेपालले कुल ७ देशसँग ओडिआई खेलेको छ ।